मिर्मिरे लघुवित्तको नगद लाभांश घोषणा


बैंक खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

पुस १३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ६.३२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सो नगद लाभांश वितरण गरिने लघुवित्तले जनाएको छ।

All financial information at your fingertips.

शेयर गर्नुहोस