कृषि विकास बैंकको आयोजनामा पोखरामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


बैंक खबर । 'Learn.Save.Earn' स्थायी नाराकासाथ हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनि सप्ताहको एघारौं संस्करण 'Plan your money, plant your future' भन्ने नाराका साथ यस बर्ष मार्च ६ देखि १२ सम्म देशभर बैंक तथा वित्तीय संस्थाहरुको प्रत्यक्ष संलग्नतामा वित्तीय साक्षरता कार्यक्रमका साथ मनाइदैछ । 

यसै क्रममा कृषि विकास बैंकको गण्डकी प्रदेश कार्यालय, पोखराको आयोजनामा पोखराको गुरुकुल विद्या सदन नयाँबजार पोखरामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । त्यस विद्यालयमा कक्षा ११ मा विज्ञान मुख्य विषय लिई अध्ययनरत विद्यार्थीहरुलाई कृषि विकास बैंकका उपमहाप्रवन्धक प्रेम कुमार श्रेष्ठ र नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक आर्या जोशीले वित्तीय साक्षरता सम्वन्धमा प्रशिक्षण दिएका थिए । 

कार्यक्रममा विद्यार्थीहरुलाई बैंकको विकासक्रम, बचत गर्ने बानी, बचतको महत्व र बचतलाई आफ्नो आवश्यकता अनुसार बैंकको विभिन्न किसिमका खातामा जम्मा गर्ने, यसले पार्ने सकारात्मक प्रभाव, बैंकले उपलब्ध गराउने कर्जाका प्रकारहरु र कृषि विकास बैंकले उपलब्ध गराउने निक्षेप तथा कर्जाका किसिमका अतिरिक्त विभिन्न डिजिटल प्रडक्टहरु र त्यसको उपयोगिताका अतिरिक्त वित्तीय अनुशासनका बारेमा पनि विद्यार्थीहरुलाई जानकारी गराइएको थियो । 

गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक प्रकाश कंडेलको अध्यक्षता, नेपाल राष्ट्र बैंक पोखराका निर्देशक आर्या जोशीको प्रमुख आतिथ्यता र कृषिविकास बैंक मुख्य कार्यालयका उपमहाप्रबन्धक प्रेम कुमार श्रेष्ठको विशिष्ट आतित्थता रहेको उक्त कार्यक्रममा प्रदेश कार्यालय पोखराका बरिष्ठ शाखा प्रमुखहरु कृष्णकुमारी पौडेल, महेशपौडेल, भीम सुवेदी लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रमको अन्त्यमा उपमहाप्रबन्धक श्रेष्ठले नेपाल राष्ट्र बैंक पोखराका निर्देशक आर्या जोशी र गुरुकुल विद्यासदका प्राचार्य नारायण आचार्यलाई बैंकको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए । बैंकको नयाँबजार शाखा कार्यालयका प्रबन्धक हिमलाल श्रेष्ठको नेतृत्वमा उपस्थित कर्मचारीहरुले विद्यार्थीहरुको बैंक खाता खोल्नुका साथै अनलाइन खाता खोल्न कार्य सिकाइएको थियो ।

All financial information at your fingertips.

शेयर गर्नुहोस