विदेश अध्ययन र रोजगारीमा जाने नेपालीले लैजान पाउने डलरको सीमा बढ्यो


बैंक खबर । नेपाल राष्ट्र बैंकले विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीले लैजान पाउने डलरको सीमा बढाएको छ । केन्द्रीय  बैंकले एकीकृत परिपत्र २०७९ संशोधन गर्दै क्यानडा, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र युरोप महादेशमा अययन गर्न जाँदा अधिकतम १२ हजार डलरसम्म सटही दिने व्यवस्था गरेको छ । यसअघि भने विद्यार्थीहरुले १० हजार डलरसम्म मात्र साट्न पाउँथे ।

यस्तै वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले लैजान पाउने डलरको सीमा पनि बढाएको छ । जापान, दक्षिण कोरिया, युरोप महादेश, संयुक्त राज्य अमेरिका र क्यानडा जाने कामदारले अधिकतम ५०० अमेरिकी डलर लैजान पाउनेछन् । अन्य मूलुक जानेको हकमा अधिकतम २०० अमेरिकी डलर सटही सुविधा दिएको छ । यसअघि सबै मुलुकमा काम गर्न जाने कामदारले अधिकतम २०० अमेरिकी डलर लैजान पाउँथे ।

All financial information at your fingeritps.

शेयर गर्नुहोस