मर्जर प्रस्ताव पारित गर्न श्रृजनशील र मानुषी लघुवित्तले डाके विशेष साधारणसभा


बैंक खबर । श्रृजनशील लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गर्न विशेष साधारणसभा बोलाएका छन् । यी दुबै लघुवित्तले पुस २८ गते शनिबार, बिहान साढे १० बजे विशेष साधारणसभा बोलाएको हुन्। 
श्रृजनशील लघुवित्तले रिाराहाको गोलबजार नगरपालिका, चोहर्वा स्थित आफ्नै केन्द्रिय कार्यालयमा र मानुषी लघुवित्तले काभ्रेपलान्चोकको बनेपाको साँगास्थित पुतली घर रिसोर्टमा बोलाएका छन् । 

दुवै लघुवित्तको विशेष साधारणसभाले मर्जर प्रस्तावका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक एवम् सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सदस्यहरुको निर्वाचन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ।

विशेष साधारणसभा प्रयोजनका लागि दुबै लघुवित्तले पुस २२ गते एक दिन सेयरधनी दर्ता किताब बन्द गर्ने भएका छन् । पुस १९ गतेसम्म सेयर कारोबार भई कायम सेयरधनीहरु विशेष साधारणसभामा सहभागि हुन पाउनेछन् । 

All financial information at your fingertips.

शेयर गर्नुहोस