सबैभन्दा  धेरै  डिजिटल  कारोबार  गर्ने  भुक्तानी  सेवा  प्रदायक बन्यो खल्ती


बैंक खबर । एनसीएचएल (राष्ट्रिय क्लिअरिङ हाउस लिमिटेड) को १५औँ वार्षिकोत्सवको अवसरमा नेपालको अग्रणी डिजिटल वालेट खल्तीलाई सबै भन्दा धेरै डिजिटल कारोबार गर्ने भुक्तानी सेवा प्रदायक (पीएसपी) को रुपमा सम्मान गरिएको छ । 

तत्काल सुरक्षित, र भरपर्दो अनलाइन भुक्तानी सेवा प्रदान गर्ने प्रतिबद्धताका लागि परिचित खल्ती नेपालको डिजिटल भुक्तानी परिदृश्यमा अग्रणी  संस्थाको  रूपमा देखा परेको छ । मोबाइल रिचार्ज, बिल भुक्तान, र टिकट बुकिंग सहित सेवाहरूको विस्तृत श्रृंखलाको साथ, खल्ती देशमा वित्तीय समावेशीकरणलाई बढावा दिन अग्रणी भूमिका  निर्वाह  गरिरहेको छ । 

युवा पुस्तामा  लोकप्रिय  खल्ती  डिजिटल  वाल्लेटले  पछिल्लो  समय सिनेमा, इभेन्ट टिकेटिङ, क्यापिटल मार्केटको  भुक्तानी, सरकारी  सेवाहरुको  भुक्तानी मा  समेत  अब्बल  रुपमा  काम  गर्दै  आएको छ ।
सम्मान प्रति कृतज्ञता ज्ञापन  गर्दै खल्तीका प्रमुख  कार्यकारी  अधिकृत  बिनय खड्काले नेपालमा वित्तीय समावेशीकरण सिर्जना गर्ने भिजनका  साथ सुरू गरिएको खल्ती  डिजिटल  वालेटले  अझै नवीनतम  सेवा  तथा  सुबिधाहरु  ल्याई  निर्बाध डिजिटल भुक्तानीका समाधानहरू प्रदान गर्ने प्रतिबद्ता व्यक्त गरेका छन् । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस