बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक


बैंक खबर । बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरी दुई साताको लागि ३५ अर्ब रुपैयाँ निक्षेप राख्न लागेको हो।

राष्ट्र बैंकले यसअघि पनि बैंक तथा वित्तीय संस्थाबाट ६२ अर्ब २५ करोड रुपैयाँ खिचेर राखेको छ। बैंकहरुमा तरलता सन्तुलनको लागि केन्द्रीय बैंकले विभिन्न उपकरण मार्फत तरलता प्रशोचन गर्न सक्छ । एक महिनाअघिदेखि वित्तीय पंणालीमा करिब पाँच खर्ब रुपैयाँ अधिक तरलता देखापरेपछि राष्ट्र बैंकले निरन्तर तरलता खिचिरहेको छ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंकहरुको अन्तरबैंक ब्याजदर केन्द्रीय बैंकले राखेको लक्ष्यभन्दा तल झरेकोले पनि केन्द्रीय बैंकले लगातार तरलता खिचिरहेको हो।

All financial information at your fingertips.

शेयर गर्नुहोस