लघुवित्त बैंकर्स संघको अध्यक्षमा रामबहादुर यादव निर्वाचित



बैंक खबर । लघुवित्त बैंकर्स संघको अध्यक्षमा रामबहादुर यादव निर्वाचित भएका छन् । शुक्रबार काठमाडौंमा सम्पन्न संघको साधारणसभाले यादवको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

यादव सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । संघका अध्यक्षमा पूर्वअध्यक्ष बसन्तराज लम्सालले आफ्नो आकांक्षा छाडेपछि यादव चयन भएका हुन् । 

संघको उपाध्यक्षमा रामहरी दाहाल चयन भएका छन् । यस्तै महासचिवमा सञ्जय मण्डल, सचिवमा गंगाधर पाण्डे र कोषाध्यक्षमा विनोद आचार्य चयन भएका छन् ।

संघको सदस्यहरुमा शारदा खत्री, शिव ज्ञवाली, सुरेश बम, सौगात चौधरी, श्याम कटुवाल, र बद्रि दुलाल चयन भएका छन् ।

All financial information at your fingertips.

शेयर गर्नुहोस