कृषि विकास बैंकको सञ्चालक सदस्यमा महेश आचार्य नियुक्त


बैंक खबर । नेपाल सरकार मन्त्रीस्तरको निर्णयबाट कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा महेश आचार्य मनोनयन भएका छन् । आचार्य अहिले अर्थ मन्त्रालय प्रशासन महाशाखा प्रमख पदमा कार्यरत छन् । 

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त सञ्चालक सदस्य आचार्यलाई बैंक सञ्चालक समिति बैठक १०६७ का सञ्चालक समिति अध्यक्ष रामशरण पुडासैनीले सपथ ग्रहण गराएका थिए । 

सो अवसरमा कृषि विकास बैंकका सञ्चालक सदस्यहरु राजेन्द्रप्रसाद मिश्र, गोविन्द भट्टराई, संजिव पौडेल, विनोदकुमार गुरांगाई, रिता सुवेदी लगायत बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्ग र बैंकका कम्पनी सचिव हिमलाल पौडेल समेतको उपस्थिती  थियो । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस