कर्जाको ब्याजदर घटाउन बुटवलका उद्योगीको माग


बैंक खबर । बुटवल क्षेत्रका उद्योगी व्यवसायीहरुले बैंकको कर्जाको ब्याज घटाउ माग गरेका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बैंक तथा वित्तीय संस्थाले ऋणको ब्याजदर नघटाएको भन्दै राष्ट्र बैंक समक्ष माग गरेका हुन् । 

बिहीबार संघको टोलीले नेपाल राष्ट्र बैंक भैरहवा शाखामा पुगेर ऋणको ब्याजदर घटाउ आग्रह गरेका हुन् । उनीहरुले राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक सत्यन्द्रराज सुवेदीलाई ज्ञापन पत्र बुझाएका थिए । सो अवसरमा उद्योगी व्यवसायीले लगानीयोग्य पुँजीको स्रोत पर्याप्त हुँदा पनि कर्जाको विस्तार हुन नसक्नुमा ऋणको ब्याजदर उच्च हुनु रहेको भन्दै माग र आपूर्तिको सिद्धान्तअनुसार ब्याजदर निर्धारण नभएको गुनासो गरेका हुन् । 

संघका अध्यक्ष हरिप्रसाद अर्याल नेतृत्वको टोलीले बुझाएको ज्ञापनपत्रमा बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त हुँदा पनि ब्याजदर घटाएर सस्तोमा ऋण नदिएको बताए । उनीले खराब कर्जाको मात्रामा उल्लेख्यरुपमा वृद्धि हुनुले समस्या उत्पन्न भएको बताए ।  

ज्ञापनपत्र मार्फत व्यावसायिक ऋण भुक्तानीमा समस्याका कारण देखाउँदै गरिने धितो लिलाममा ब्याज भुक्तान भएका सम्पूर्ण लिलामी रोक्का गरी ऋण पुनःतालिकीकरण गर्नसमेत अनुरोध गरिएको उद्योगी व्यवसायीले बताएका छन् । 

All financial information at your fingertips.

शेयर गर्नुहोस