श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा


बैंक खबर । श्री इन्भेष्टमेन्ट एण्ड फाइनानस कम्पनीले लाभांश घोषणा गरेको छ । फाइनानसको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट विद्यमान चुक्ता पुँजीको ५.०५ प्रतिशतले हुन आउने ४ करोड ९५ लाख ७५ हजार एक रुपैयाँ ६० पैसा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित नगद लाभांशमा कर समेत समावेस रहेको फाइनान्सले जनाएको छ । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी २९औँ वार्षिक साधारणसभाबाट पारत भएपछि सेयरधनीमा वितरण हुनेछ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस