मकर जितुमाया सुरी हाइड्रोपावरको वार्षिक साधारणसभा पुस २३ गते


बैंक खबर । मकर जितुमाया सुरी हाइड्रोपावरले २०८० पुस २३ गते सोमबार वार्षिक साधारणसभा गर्ने भएको छ । मंसिर २४ गते बसेको हाइड्रोपावरको सञ्चालक समितिको बैठकले सो दिन आर्थिक वर्ष २०७९/८०को साधारणसभा गर्ने निर्णय गरेको हो । साधारणसभा काठमाडौंको धुम्बाराही स्थित सुर्य इभेन्टमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

साधारणसभा प्रयोजनका लागि पुस १ गते एक दिन सेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय पनि गरेको छ । 

साधारणसभाले सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल  गरी पारित गर्नेछ । यस्तै लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण र सर्वसाधारण तफएको सञ्चालकको निर्वाचन गर्नेछ । यसबाहेक कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस