एनएमबि बैंकले घटायो ब्याजदर



बैंक खबर । एनएमबि बैंकले ब्याजदर घटाएको छ । बैंकले मंसिर २५ गतेदेखि नै लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । 
बैंकले अब व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९ प्रतिशत ब्याज दिने भएको छ । १० वर्षभन्दा बढी अवधिको मुद्दति निक्षेपमा सो दरमा ब्याज दिने बैंकले जनाएको छ । यसअघि ९.७६ प्रतिशतसम्म ब्याज दिँदै आएको थियो । 

बैंकले ३ देखि ६ महिनासम्मको अवधिको मुद्दति निक्षेपमा भने न्यूनतम ७ प्रतिशत ब्याज दिने भएको छ । संस्थागत निक्षेपमा भने अधिकतम ७ प्रतिशतसम्म ब्याज दिनेछ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस