खल्ती पेमेन्ट गेटवे सेवा मार्फत ५००० व्यवसायी लाभान्वित, नयाँलाई आकर्षक उपहार


बैंक खबर । ‘खल्ती’ ले साना तथा मझौला व्यवसायीहरूलाई आफ्नो व्यवसाय डिजिटलाइजेसन तर्फ लैजान सहयोग गर्न खल्ती पेमेन्ट गेटवेको सुविधा उपलब्ध गराउँदै आएको छ । यस सुविधा अन्तर्गत हाल ५०००ं व्यवसायिहरू लाभान्वित भएको खल्तीले जनाएको छ । यस्तै थप व्यवसायीहरूलाई प्रोत्साहित गर्न खल्तीले ‘स्मार्ट उद्यमी’ अफर ल्याएको छ ।

यस सुविधा अन्तर्गत ‘खल्ती पेमेन्ट गेटवे’ मा आबद्ध हुने साना तथा मझौला व्यवसायीहरूले आफ्ना ग्राहकबाट डिजिटल तरिकाले सरल र सुरक्षित रूपमा भुक्तानी लिन सक्नेछन् भने  अफर अनुसार मेटा विज्ञापन क्रेडिट र एसएमएस क्रेडिट को रूपमा एपीआई शुल्कमा १०० प्रतिशत मनी ब्याक प्राप्त गर्नेछन्। यति मात्र नभएर आफ्नो व्यवसायमा वृद्धि विस्तार गर्न आवश्यक पर्ने बस्तु जस्तै प्रिन्टर, ल्यापटप पनि जित्ने मौका पनि पाउने खल्तीले जनाएको छ । 

डिसेम्बर ४ देखि फेब्रुअरी ४ सम्म सञ्चालित हुने ‘स्मार्ट उद्यमी’ अफर अन्तर्गत  खल्तीसँग साइन अप गरी  खल्ती पेमेन्ट गेटवेको सुविधा लिन सम्झौतामा हस्ताक्षर गर्दै एपीआई शुल्कको भुक्तानी गर्ने साथै सेवा लिए पश्चात दुई कारोबारहरू पूरा गर्ने व्यवसायीहरू मध्ये नै एक भाग्यशाली विजेताले बम्पर पुरस्कारको रूपमा ल्यापटप र हरेक हप्ता एक नयाँ भाग्यशाली व्यवसायीले प्रिन्टर प्राप्त गर्नेछन्। 

यसका अतिरिक्त खल्तीको एसडीके÷एपीआई मा आबद्ध भए पश्चात व्यवसायीले अन्य बैंकको सहायता बिना नै खल्ती प्रयोगकर्ताहरू साथै अरु विस्तृत स्रोतहरू जस्तै पार्टनर बैंकहरूको इ बैङ्किङ, मोबाइल बैङ्किङ,  एस.सी.टी÷भिसा÷मास्टर कार्ड, कनेक्ट आईपीएसमार्फत सरल तरिकाले  भुक्तानी लिन सक्नेछन्।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काका अनुसार खल्ती पेमेन्ट गेटवे अन्तर्गत हाल ५०००ं साना तथा मझौला  व्यवसायीहरूलाई  डिजिटलाइजेसन सेवा प्रदान गर्दै सरल र सुरक्षित रूपमा भुक्तानी सङ्कलन गर्ने  डिजिटलाइजेसन प्रक्रिया प्रदान गर्दै आएको छ । यस अफर अन्तर्गत अझै धेरै भन्दा धेरै व्यवसायीलाई आफ्नो व्यवसायमा डिजिटल रूपमा कारोबार गर्न कुरामा विश्वस्त रहेको खड्काले बताए । 

‘खल्ती पेमेन्ट गेटवे’ को सुविधा लिँदै आएका एक व्यवसायीले अहिले बजार प्रतिस्पर्धा तीब्र रूपमा बढिरहेको समयमा आफ्नो व्यवसायलाई डिजिटलाइज गराउन निकै महत्वपूर्ण भएको बताए । आफ्ना  ग्राहकबाट भुक्तानी सङ्कलन गर्न ‘खल्ती पेमेन्ट गेटवे’ सेवा लगभग एक वर्ष अगाडि देखि लिँदै उनले बताए । जसबाट भुक्तानी सेवा सरल र सुरक्षित बनाउनुका साथै व्यवसाय विस्तार र वृद्धिमा पनि महत्वपूर्ण सहयोग पुर्याएको उनको अनुभुति छ। आफूजस्ता साना तथा मझौला व्यवसायीलाई खल्ती पेमेन्ट गेटवे निकै नै उपयोगी हुने र यसलाई आफ्नो व्यवसायमा समावेश गर्नैपर्ने सुझाब उनले दिए ।

All financial information at your fingertips.

शेयर गर्नुहोस