नेपाल वेयरहाउजिङ्गको आईपीओ बाँडफाँट


बैंक खबर । नेपाल वेयरहाउजिङ्ग कम्पनी  लिमिटेडको आईपीओ बुधबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलले बुधबार बिहान  सेयर बाँडफाँट गरेको हो  ।

कम्पनीले मङ्सिर १० देखि १३ गतेसम्म ११ लाख ४१ हजार २ सय ५० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । आईपीओमा कुल १२ लाख ७६ हजार पाँच सय ५८ जनाले आवेदन दिएका थिए  । आवेदन दिएकामध्ये ११ लाख ९१ हजार ९ सय ९८ जनाको आवेदन योग्य भएको छ  । बाँकी ८४ हजार ५ सय ६० जनाको आवेदन रद्द भएको छ  ।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियाबाट आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार १ लाख १४ हजार १२५ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । 

कम्पनीले खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु रहेको छ। कम्पनीमा निम्बस समूह, शिखर ईन्स्योरेन्स, प्रोबियोटक ईन्डस्ट्रिज, श्रीनगर एग्रो फार्म, एनएमबि बैंक, टिम भेन्रचर्स, टिएनआई, निफ्रा, मुक्तिनाथ कृषी, हिमालयन क्यापिटल, आइएमई जनरल इन्स्योरेन्स, हाथवे इन्वेस्टमेन्ट, अल्फा क्यापिटल, आध्यानता फन्ड म्यानेजमेन्ट लगायतको लगानी छ । आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ६८ करोड ७५ लाख रुपैयाँ पुगेको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस