मितेरी डेभलपमेन्ट बैंकले डाक्यो साधारणसभा, लाभांश पारित गर्ने


बैंक खबर । मितेरी डेभलपमेन्ट बैंकले पुस १४ गते १८औँ वार्षिक साधारणसभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न पुस १४ गते सुनसरी उद्योग वाणिज्य संघ, धरान १, सुनसरीमा बिहान ११ बजे साधारणसभा बोलाएको हो।

साधारणसभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशतका दरले बोनस सयर र सोको कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ । यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज तथा एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारणसभा प्रयोजनका लागि बैंकले मंसिर २८ गतेदेखि पुस १४ गतेसम्म बुकक्लोज गर्ने भएको छ। जसअनुसार मंसिर २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले बैंकको साधारणसभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

All financial information at your fingertips.

शेयर गर्नुहोस