राष्ट्र बैंकमा पाँच कार्यकारी निर्देशकको सरुवा


बैंक खबर । गभर्नर महाप्रसाद अधिकारीले पाँच जना कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरेका छन् । गतसाता पाँचजनाको सरुवा गरेका गभर्नर अधिकारीले अहिले फेरि थप पाँच जनाको सरुवा गरेका हुन् । 

अधिकारीले बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख डा. गुणाकर भट्टलाई तुलनात्मक रुपमा कम महत्वको भुक्तानी प्रणाली विभागमा पठाएका छन् । भट्ट अर्थमन्त्री डा. प्रकाशशरण महतको सल्लाहकारको भूमिकामा पनि छन् । 

भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशन गुरुप्रसाद पौडेललाई नियमन विभागको जिम्मेवारी दिएका छन् । पौडेललाई आगामी डेपुटी गभर्नरका रुपमा पनि हेरिने गरिएको छ । विदेशी विनिमय विभागका प्रमुख रामु पौडेललाई वित्त व्यवस्थापन विभाग सरुवा गरिएको छ । वित्त व्यवस्थापन विभागका मुकुन्द क्षेत्रीलाई मानव संसाधन विभागमा पु¥याइएको छ । विदेशी विनिमय विभागको जिम्मेवारी मानव संसाधन विभागका तुलसी घिमिरेलाई दिइएको छ ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस