नबिल बैंकले परिवर्तन गर्यो साधारणसभाको मिति


बैंकं खबर । नबिल बैंकले वार्षिक साधारणसभाको मिति परिवर्तन गरेको छ । बैंकले यसअघि पुस १३ गते बोलाएको ३९औँ वार्षिक साधारणसभा अब पुस १२ गते गर्ने भएको छ । 

साधारणसभा आर्मी आफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, बैंकको नियमावलीका नियमहरु संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर २९ गते एक दिन बुकक्लोज गर्दैछ । तसर्थ मंसिर २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले बैंकको साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

All financial information at your fingertips.

शेयर गर्नुहोस