अमेरिकी केन्द्रीय बैंक फेडले फेरी बढायो ब्याजदर


बैंक खबर । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले फेरी ब्याजदर बढाएको छ । अमेरिकामा दुई ठूला बैंक टाट पल्टिएपछि त्यहाँको बैंकिङ क्षेत्रले थप ब्याजदर नबढाउन गरेको आग्रहबा बाबजुद फेरी ब्याजदर बढाएको छ । 

सिलिकन भ्याली र सिग्नेचर बैंक डुबेपछि विश्वव्यापी रुपमा वित्तीय क्षेत्र दबाबमा परेको अवस्थाका बाबजुद फेठले ०.२५ प्रतिशत बिन्दुले ब्याजदर बढाएको हो । यससँगै अमेरिकामा बैंक दर ५ प्रतिशत पुगेको छ । यो दर सन २००७ पछिको सर्वाधिक उच्च हो । 

फेडले आगामी महिनामा आर्थिक वृद्धिदर खस्कने चेतावनीसहित ब्याजदर बढाउने निर्णय भएको जनाएको छ । फेडले २ प्रतिशतको लक्षित दरमा मुद्रास्फीति राख्ने योजना अनुरुप यसो गरिरहेको फेडका अधिकारीहरुले बताएका छन् । 

जानकारहरुका अनुसार फेडले ऋणको लागत महँगो बनाएर माग पक्ष घटाउन खोजिरहेको छ । फेब्रुअरिमा ६ प्रतिशत पुगेको मुद्रास्फीति २०२३ को अन्त्यसँग ५।१ प्रतिशतमा झर्ने अनुमान फेडेको छ । 

All banking information at your fingertips.

शेयर गर्नुहोस