मञ्जुश्री फाइनान्सको लाभांश घोषणा, ५.२६३ प्रतिशत नगद दिने 


बैंक खबर । मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । मंसिर १४ गते बसेको फाइनान्स सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई वितरण गर्न नगद लाभांश घोषणा गरेको हो।

फाइनान्सले हाल कायम चुक्ता पूँजीको ५.२६३ प्रतिशतका दरले (कर सहित) हुन आउने ७ करोड ११ लाख ३२ हजार २२६ रुपैयाँ ४३ पैसा नगद लभांश वितरण गर्ने घोषणा गरेको हो।

सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस