निफ्राले बोलायो साधारणसभा, लाभांश पारित गर्ने


बैंक खबर । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले पुस १७ गते मंगलबार पाचौं वार्षिक साधारणसभा डाकेको छ । निफ्राले काठमाडौंको बत्तिसपुतलीस्थित अनुपमा फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा पुस १७ गते बिहान ९ बजे साधारणसभा बोलाएको हो । 

साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्न सञ्चालक समितिबाट प्रस्ताव भएको लाभांश पारित गर्नेछ । सञ्चालक समितिले हाल कायम चुक्ता पूँजीको ४.२१०५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ । 

साधारणसभाले सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार पुस ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारणसभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।


 

All financial information at your fingertips.

शेयर गर्नुहोस