सुनको मूल्य प्रतितोला एक लाख १९ हजार नाघ्यो


अर्थतन्त्र । सुनको मूल्य बुधबार पनि बढेर नयाँ रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला एक हजार छ सय रुपैयाँले बढेको छ । छापावाल सुन एक लाख १९ हजार ३०० रुपैयाँमामा कारोबार भएको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । 

सुनको मूल्यले गत सोमबारदेखि नै नयाँ रेकर्ड बनाउँदै बढिरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि नेपाली बजारमा पनि बढेको महासंघले जनाएको छ । बुधबार दिउँसो अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस २०४७ डलर हाराहारीमा कारोबार भएको छ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस