समयमा वित्तीय विवरण नबुझाउने ८८ कम्पनीलाई धितोपत्र बोर्डले गर्यो कारबाही


बैंक खबर । नेपाल धितोपत्र बोर्डले समयमा वित्तीय विवरण नबुझाएका ८८ कम्पनीलाई कारबाही गरेको छ । बोर्डले गत आर्थिक वर्षको वित्तीय विवरण नबुझाउने र ढिलो बुझाउने कम्पनीलाई नगद जरिवाना सहित कारबाही गरेको हो । 

कारबाही गरिएका ८८ कम्पनीमध्ये ६९ कम्पनीले ढिला वित्तीय विवरण बुझाएका थिए । ती कम्पनीलाई बोर्डले प्रतिकम्पनी ५० हजार रुपैयाँका दरले जरिवाना तिराएको छ । यसैगरी, १९ कम्पनीले वित्तीय विवरण बुझाएका छैनन् । उनीहरुलाई बोर्डले प्रतिकम्पनी १ लाख रुपैयाँका दरले जरिवाना तिराएको छ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस