सुनको भाउ फेरि बढ्यो, आज पनि नयाँ कीर्तिमान


बैंक खबर । नेपाली बजारमा मंगलवार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर १२ गते मंगलबार सुन प्रतितोला ३०० रुपैयाँले बढेर नयाँ उचाईमा पुगेको हो । 

सोमबार प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तीन सय रुपैयाँले बढेर १ लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भयो । तेजावी सुन पनि मंगलबार प्रतितोला तीन सय रुपैयाँले नै बढेर १ लाख १७ हजार १५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यो मूल्य अहिलेसम्मकै धेरै हो ।

सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला १ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन पनि चाँदी प्रतितोला १ हजार ५०० रुपैयाँमा नै कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएपछि नेपालमा पनि मूल्य बढेको व्यापारीले बताएका छन् । आन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस २ हजार १५ डलर आसपासमा कारोबार भइरहेको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस