सरकारले दोस्रो त्रैमासमा ३१ अर्ब आन्तरिक ऋण उठाउने


बैंक खबर । सरकारले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ३१ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । पहिलो त्रैमासमा सरकारले ९७ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको थियो । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आन्तरिक ऋण उठाउने तालिका अनुसार दोस्रो त्रैमासमा २१ अर्बको विकास ऋणपत्र र १० अर्बको ट्रेजरी बिल गरी कुल ३१ अर्ब ऋण उठाइनेछ । 

चालू आर्थिक वर्षमा सरकारले २ खर्ब ४० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । खुला बजार सञ्चालन समितिको परिमार्जित बोलकबोल तालिका अनुसार तेस्रो त्रैमासमा ४७ अर्ब ६९ करोड र अन्तिम त्रैमासमा ६४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइने छ । 

सरकारले आन्तरिक ऋण उठाउन मंसिर १९ गते, पुस ५ र २२ गते सात/सात अर्बको विकास ऋणपत्र जारी गर्नेछ । यस्तै मंसिर ३ गते ३ अर्बको ट्रेजरी बिल जारी गरेको छ भने मंसिर २५ गते ४ अर्ब र पुस २३ गते ३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस