मोबाइल बैंकिङ कारोबार असफल भएरपनि खाताबाट पैसा काटे एक दिनभित्रै फिर्ता आउने


बैंक खबर । मोबाइल बैंकिङ कारोबार असफल भएर खाताबाट पैसा काटेमा बैंकहरूले एक दिनभित्रै पैसा फिर्ता दिनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८० जारी गर्दै यस्तो व्यवस्था गरेको हो । 

दूरसञ्चार सञ्जालमार्फत मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एसएमएस बैंकिङ, इ–मनी (विद्युतीय) वालेटलगायतबाट कारोबार गर्दा कहिलेकाहीँ कारोबार असफल भए पनि खाताबाट पैसा काट्ने र त्यो पैसा फिर्ता लिन धेरै दिन लाग्ने गरेको थियो । 

अब यसरी काटिएको पैसा एउटै बैंक भएमा कारोबार भएको अर्को दिन नै बैंकले फिर्ता दिनुपर्नेछ । तर, फरक बैंक तथा वित्तीय संस्था भई दुवै नेपाली संस्था भएमा बढीमा कारोबार भएको दिनपछि तीन दिनभित्र फिर्ता दिनुपर्छ । पैसा भुक्तानी गर्ने र प्राप्त हुने संस्थामध्ये कुनै एक विदेशी संस्था भएमा बढीमा करोबार भएको दिनपछि ३० दिनभित्र पैसा फिर्ता दिनुपर्ने व्यवस्था गरेको छ ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस