बोटलर्स नेपाल (तराई)ले ६० प्रतिशत नगद लाभांश वितरण गर्ने


बैंक खबर । कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल (तराई) लिमिटेडले ६० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरुलाई सो दरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

सञ्चालक समितिबाट प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्। कम्पनीका सेयरधनीले प्रति कित्ता सेयर बराबर ६० रुपैयाँ पाउनेछन्। गत वर्ष पनि बोटलर्स नेपाल (तराई)ले ६० प्रतिशत नगद लाभांश दिएको थियो। 

All financial information at your fingertips.

शेयर गर्नुहोस