नागरिक लगानी कोषको नाफा बढ्यो, प्रतिसेयर आम्दानी किन घट्यो ?


बैंक खबर । नागरिक लगानी कोषको नाफा बढेको छ । कोषले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यसपटक नाफा बढेको छ । 

असोज मसान्तसम्ममा कोषले २६ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.८२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा कोषले २३ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

गत आसोजसम्म कोषको ब्याज आम्दानी २३.०३ प्रतिशत बढेको छ । सेवा शुल्क तथा कमिशन आम्दानी पनि बढेकाले कोषको कुल आम्दानी १४.६० प्रपितशतले बढेको देखिन्छ । यो अवधिमा कोषको खर्च १७.२७ प्रतिशत बढेको छ।

नाफामा सुधार देखिएपनि कोषको प्रतिसेयर आम्दानीमा गिरावट आएको छ । कोषको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा एक रुपैयाँ ९६ पैसा घटेर १९ रुपैयाँ ९४ पैसा कायम भएको छ । यस्तै कोषको प्रतिसेयर नेटवर्थ एक सय ५९ रुपैयाँ ७९ पैसा, मूल्य आम्दानी अनुपात ९३.५३ गुणा छ । 

पाँच अर्ब ३१ करोड ३७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कोषको जगेडा कोषमा २३ अर्ब ३८ करोड ४३ लाख रुपैयाँ सञ्चित छ।

All financial information at your fingertips.

शेयर गर्नुहोस