हिमालयन रि इन्स्योरेन्सको आईपीओ निष्काशन मिति सर्‍यो


बैंक खबर । हिमालयन रि इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) खुल्ने म्याद सरेको छ । कम्पनीले कात्तिक २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री निष्काशन गर्ने मिति तय गरेको थियो । 

तिहारको लामो विदा पर्ने भएकाले निष्काशन मिति सारिएको बिक्री ब्रवन्धक एनएमबी क्यापिटलले सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ । क्यापिटलका अनुसार अब मंसिर ४ देखि १८ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।

कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा प्रतिकित्ता १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँका दरले आईपीओ निस्कासन गर्न लागेको हो । 

कम्पनीको अपरिस्कृत वित्तीय विवरणअनुसार असार मसान्तसम्म प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ९२ पैसा छ भने प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३२ पैसा छ । सो अवधिसम्म सञ्चित नाफा ४४ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

१० अर्ब चुक्ता पूँजी रहने कम्पनीले ३ अर्ब रुपैयाँ प्राथमिक निस्कासन (आईपीओ) मार्फत जुटाउँदै छ । कम्पनीमा नेपालका प्रतिष्ठित व्यावसायिक घरानाहरुको लगानी छ । 

कम्पनीको सेयर निस्कासनलाई इक्रा नेपालले ए माइनस रेटिङ प्रदान गरेको छ । जसले कम्पनी जोखिम बहन गर्न सक्ने क्षमता मध्यमस्तरमा बलियो रहेको जनाउँछ ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस