आरएसडिसी लघुवित्तले मंसिर १५ गते साधारणसभा गर्ने


बैंक खबर । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले दशौँ वार्षिक साधारणसभा मंसिर १५ गते गर्ने भएको छ । कात्तिक १८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले मंसिर १५ गते साधारणसभा गर्ने निर्णय गरेको हो ।

सभाले ८ दशमलव ६० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ । संस्थापक र साधारण सेयरधनीको स्वामित्व क्रमशः ५१ प्रतिशत र ४९ प्रतिशत कायम गर्ने निर्णय पनि साधारणसभाले गर्नेछ । 

साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर ७ गते बुक क्लोज गर्ने भएको छ । यस आधारमा मंसिर ६ गतेसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

All financial information at your fingertips.

शेयर गर्नुहोस