एनआईसी एसियाको अर्को म्युचुअल फण्ड निष्काशन हुुँदै


बैंकको खबर । एनआइसी एसिया बैंकले अर्को म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ । बैंकले आगामी मंसिर ४ गतेदेखि  ‘ग्रोथ फण्ड २’ नामक अर्को म्युचुअल फण्ड निस्कासन गर्न लागेको हो ।

एनआइसी एसिया बैंक कोष प्रवर्द्धक र एनआइसी क्यापिटल योजना व्यवस्थापक रहेको कोषले ‘एनआइसी एसिया ग्रोथ फण्ड-२’ इकाई निष्काशन गर्न लागेको हो। 

प्रतिइकाइ १० रुपैयाँका दरले कूल १० करोड इकाई निष्काशन हुने छन्। जसमध्ये ८ करोड ५० लाख इकाइ सार्वजनिक रुपमा निस्कासन हुन लागेको हो । १५ प्रतिशत अर्थात एक करोड ५० लाख इकाइ एनआइसी एसिया बैंकले लिनेछ।  कम्पनीको इकाइमा कम्तिमा १०० र बढीमा एक करोड इकाइका लागि आवेदन दिन सकिनेछ।

सर्वसाधारण आवेदकले सेयरमा जसरी नै अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ ।

यो म्यु्चुअल फण्ड बन्दमूखी इकाई हो। इकाईहरु मंसिर ४ देखि ७ गतेसम्म निष्काशन हुनेछन्। 

All financial information at your fingertips.

शेयर गर्नुहोस