खल्तीबाट फोन पे क्युआर स्क्यान गरि भुक्तानी गर्दा ५० हजार जित्ने मौका


बैंक खबर  ‘खल्ती’ ले चाडपर्वको माहोललाई मध्यनजर राख्दै आफ्ना प्रयोगकर्ताहरूका लागि स्क्यानमार्फत हुने भुक्तानीमा उपहार उपलब्ध गराएको छ। जसअनुसार फोन पे क्युआर स्क्यानको भुक्तानीमा सहभागी हुनेप्रयोगकर्ताले ५० हजार रुपैयाँ खल्ती प्रो प्राप्त गर्न सक्नेछन भने खल्ती मर्चेन्टले स्मार्टवाचका साथै १०० रुपैयाँ बोनस प्राप्त गर्ने मौका प्राप्त गर्नेछन् ।

अफरमा सहभागी हुन खल्ती प्रयोगकर्ताले फोन पे क्युआर स्क्यान गरि भुक्तानी गर्नुपर्नेछ भने खल्ती मर्चेन्टले फोन पे क्युआर स्क्यानमार्फत भुक्तानी लिनु पर्नेछ । उपहार स्वरूप खल्ती ग्राहक मध्ये हरेक महिना २ भाग्यशाली विजेतालेर ५० हजार रुपैयाँ जित्ने छन् । हरेक हप्ता १५ जना खल्ती प्रोको विजेता बन्न सक्नेछन् । त्यसैगरि खल्ती मर्चेन्टबाट भनेहरके हप्ता एक भाग्यशाली विजेताले स्मार्टवाच जित्न सक्नेछन् । साथै पहिलो पल्ट भुक्तानी लिँदा १०० रुपैयाँ बोनस पनि प्राप्त गर्नेछन् ।

खल्तीका सीईओ विनय खड्काले अहिले चाडपर्वको माहोलमा डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्नका लागि यस्ता आकर्षक अफर उपलब्ध गराएका जानकारी दिए । यस अफरबाट खल्तीका प्रयोगकर्ता , एजेन्ट्स र क्युआर मर्चेन्टले भरपुर फाइदा लिन सक्ने विश्वास खड्काले व्यक्त गरेका छन् ।

All financial information at your fingertips.

शेयर गर्नुहोस