पहिलो त्रैमासमा बैंकहरुको खराब प्रदर्शन, मुनाफा घट्यो, निष्क्रिय कर्जा बढ्यो


बैंक खबर। वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।  अर्थतन्त्रमा देखिएको मन्दीको असर बैंकहरुको नाफामा समेत परेको देखिन्छ । एउटा बैंक घाटामै गएको छ भने १२ वटाको नाफा घटेको छ । 

बैंकहरुको नाफा समग्रमा १७.५९ प्रतिशतले घटेको छ । असोजसम्म बैंकहरुले १३ अर्ब १२ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । गत वर्षको यसै अवधिमा बैंकहरुको नाफा १६ अर्बबढी थियो। खराब कर्जा बढेकाले बैंकहरुको नाफामा असर परेको देखिन्छ । 

खराब कर्जा बढेका कारण बैंकहरुले आम्दानीको धेरै रकम इम्पेयरमेन्ट चार्जमा छुटयाएका छन् । जसले गर्दा यिनीहरुको मुनाफालाई प्रभाव पारेको हो ।

बजारमा माग नहुँदा अर्थतन्त्र मन्दीमा छ । बैंकमा कर्जाको माग बढ्न सकेको छैन् । राष्ट्र बैंकले पनि बैंकहरुको नाफामा दबाब पर्नेगरी नीतिगत औचारहरु प्रयोग गरेको छ । यहीकारण बैंकहरुले आम्दानी गुमाएको देखिन्छ ।
सबैभन्दा धेरै नाफा नेपाल इन्भेष्टमेन्क मेगा बैंकले कमाएको छ । यो बैंकले असोजसम्म १ अर्ब ५२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो नाफा वर्षको भन्दा ३३.४७ प्रतिशत धेरै हो । 
दोस्रो धेरै नाफा कमाउने बैंकमा नबिल बैंक छ । यसको नाफा १ अर्ब ४६ करोड रुपैयाँमा छ । गत वर्ष नबिलले १ अर्ब ५७ करोड रुपैयाँ कमाएको थियो । 
कृषि विकास बैंक भने घाटामा गएको छ । बैंकले पहिलो त्रैमासमा ८८ करोड ८० लाख रुपैयाँ घाटा व्यहोरेको छ । बैंकले गतवर्षको पहिलो त्रैमासमा २२ करोड रुपैयाँ नाफा कमाएको थियो ।
लाभांश क्षमताका आधारमा एभरेष्ट बैंक सबैभन्दा अगाडि छ । एभरेष्टले ४ अर्ब ५२ करोड रुपैयाँ वितरण गर्न सक्ने प्रतिवेदन सार्वजनिक गरेको छ । 
कुमारी बैंक, हिमालयन बैंक, एनआइसी एशिया बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक र सिद्धार्थ बैंकको वितरणयोग्य नाफा नकारात्मक छ।

निक्षेप संकलन र कर्जा लगानीमा ग्लोबल आइएमई बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकले ४ खर्ब ४३ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ५७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको । ग्लोबल पछि नबिल बैंकको निक्षेप संकलन र कर्जा लगानी धेरै छ । नबिल बैंकले ४ खर्ब १४ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । 
स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम १ खर्ब १९ अर्ब निक्षेप संकलन गरी ७९ अर्ब कर्जा लगानी गरेको विवरण सार्वजनिक गरेको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस