एनएमबि बैंकको नाफा सामान्य बढ्यो, प्रतिसेयर आम्दानी कति ?


बैंकको खबर  । एनएमबि बैंकको नाफा सामान्य बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले असोज मसान्तसम्म ९६ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.५३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९० करोड ४१ लाख रुपैयाँ नाफा कमाएको थियो।

बैंकको निक्षेप संकलन गत असारमा भन्दा ४.०९ प्रतिशत घटेर २ खर्ब १ अर्ब ७० करोड ६४ लाखमा झरेको छ । याे अविधमा बैंकले १ खर्ब ९२ अर्ब ६४ करोड ९८ लाख रुपैयाँ लगानी गरेको छ । गत असारमा बैंकले २ खर्ब १० अर्ब ३० करोड ४६लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८९ अर्ब ३ करोड ५४ लाख रुपैयाँ कर्जा लगानी गरेकाे  थियाे ।

बैंकको खुद ब्याज आम्दानी सामान्य बढेसँगै बैंकको खुद नाफा पनि सामान्य बढेको देखिन्छ । असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी २ अर्ब २२ करोड ४५ लाख रुपैयाँ गरेको देखिन्छ । जुन गत आर्थिक वर्षको तुलनामा ८.२९ प्रतिशत बढी हो । 

बैंकको खुद फि तथा कमिशन आम्दानी ६.०७ प्रतिशत बढेर ५१ करोड ६ लाख भएको छ । समीक्षा अवधिमा बैंकको कुल सञ्चालन मुनाफा ६.५१ प्रतिशत बढेर एक अर्ब ३७ करोड ६० लाख रुपैयाँ कायम भएको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि १ रुपैयाँ २९ पैसा बढेर २० रुपैयाँ ९८ पैसा पुगेको छ। बैंकको मूल्य आम्दानी अनुपात ९.९६ गुणा छ भने प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ६९ पैसा छ।

१८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब ९६ करोड २२ लाख रुपैयाँ सञ्चित छ।  असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड ४५ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा १ रुपैयाँ ४८ पैसा छ।


 

All financial information at your fingeritps

शेयर गर्नुहोस