डलरको भाउले बनायो नयाँ रेकर्ड, अर्थतन्त्रमा कस्तो पर्छ असर ?


बैंकको खबर । नेपालमा अमेरिकी डलरको भाउ बढेर नयाँ रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार एक अमेरिकी डलरको भाउ एक सय ३३ रुपैयाँ ५७ पैसा पुगेको छ । अर्थात एक अमेरिकी डलर खरिद गर्न एक सय ३३ रुपैयाँ ५७ पैसा तिर्नुपर्छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । बुधबार डलरको भाउ एक सय ३३ रुपैयाँ ५१ पैसा थियो ।

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ पनि अवमूल्यन भएको हो । भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिर विनिमयदर भएकाले भारतीय मूल्य कमजोर बन्दा नेपाली रुपैयाँ पनि कमजोर हुन्छ ।

डलरको भाउ महँगीदा आयातका लागि बढी रकम तिर्नुपर्छ । त्यस्तै सरकारले विदेशी निकायहरुबाट लिएको ऋणको भार बढ्न जान्छ । तर रेमिट्यान्स, पर्यटन व्यवसाय र निकासीमा भने फाइदा हुन्छ । 

 

All financial information at your fingertips.

शेयर गर्नुहोस