मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँट


बैंक खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा बिहीबार बिहान सेयर बाँडफाँट भएको हो ।

लघुवित्तले असोज २५ देखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख २३ हजार ८ सय १६.४५ कित्ता एफपीओ सर्वसाधारणका लागि निष्काशन गरेको थियो। 

लघुवित्तको एफपीओमा १३ लाख २१ हजार ५ सय ३६ जनाले आवेदन दिएका थिए । जसमध्ये १ हजार २ सय ७६ आवेदन रद्द भएको थियो भने १३ लाख २० हजार २ सय ३ आवेदन स्वीकृत भएको थियो । 

एफपीओमा मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिक अनुसार गोलाप्रथाबाट सेयर बा्ँडफाँट भएको मर्चेन्टले जनाएको छ ।

१२ हजार ३ सय ८१ जनाले १० कित्ताका दरले लघुवित्तको सेयर पाएका छन् । छ जनाले लघुवित्तको थप १ कित्ता र १ जनाले थप ०.४५ कित्ता सेयर प्राप्त गरेका छन् । 

All financial information at your fingertips.

शेयर गर्नुहोस