भिजन लुम्बिनी उर्जाको आईपीओ निष्काशन


बैंक खबर । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले आज (कात्तिक १६ गते) देखि आईपीओ निष्काशन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय  र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निस्कासन गरी बाँडफाँट गरेपश्चात आजदेखि सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको हो ।

कम्पनीले २० लाख ७५ हजार २८५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो। जसमा बाँडफाँट गरी बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता सेयर पनि समावेस गरेको छ ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा ३ लाख ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओको निष्काशन छिटोमा कात्तिक २० गते र ढिलोमा मंसिर १ गते बन्द हुनेछ।

कम्पनीले २५ मेगावाटको सेती नदी जलविद्युत आयोजना प्रबर्धन गरिरहेको छ । जसको अनुमानित लागत ५ अर्ब २० करोड रुपैयाँ छ । आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा कम्पनीले आईआरएन डबल बी इस्यूअर रेटिङ प्राप्त गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको मेरो सेयर एप तथा अनलाइनबाट आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड हो ।

All financial information at your fingertips.

शेयर गर्नुहोस