एनआईसी एशिया ग्रोथ फण्ड र ब्यालेन्स्ड फन्डको प्रतिफल वितरणका लागि कात्तिक २२ गते बुकक्लोज


बैंक खबर । एनआईसी एशिया बैंकको म्युचुअल फण्ड अन्तर्गत एनआईसी एशिया ग्रोथ फण्डले प्रतिफल वितरणका लागि कात्तिक २२ गते एक दिन इकाईधनी दर्ता किताब बन्द गर्ने भएको छ । 

यस अनुसार कात्तिक २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहले फण्डले वितरण गर्ने प्रतिफल पाउनेछन् । 
फण्डले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई कर सहित १०.५० प्रतिशतका दरले हुने कुल ८ करोड ७६ लाख ९६हजार रुपैयाँ प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो।

यस्तै, एनआईसी एशिया ब्यालेन्स्ड फण्डको पनि प्रतिफल वितरण प्रयोजनका लागि कात्तिक २२ गते नै इकाईधनी दर्ता किताब बन्द हुने भएको छ । यस अनुसार कात्तिक २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त पाउनेछन् ।
फण्डले गत आर्थिक वर्षको लागि इकाईधनीलाई कर सहित १० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो।

यी दुवै फण्डको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रबद्र्धक एनआईसी एशिया बैंक लिमिटेड रहेको छ।

All financial information at your fingertips.

शेयर गर्नुहोस