ग्लोबल आइएमई लघुवित्तको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?


बैंक खबर । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालूआर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ४० लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.१५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले २ करोड ६७ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि लघुवित्तको खुद नाफामा सुधार भएको हो । लघुवित्तले ४ करोड ८६ लाख २ हजार रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ । गतवर्षको पहिलो त्रैमासमा लघुवित्तको सञ्चालन मुनाफा ३ करोड ८३ लाख ४७ हजार रुपैयाँ थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १३.८५ प्रतिशतले बढेको छ । लघुवित्तको कुल सञ्चालन आम्दानी १२.२२ प्रतिशत र सञ्चालन मुनाफा २६.७४ प्रतिशतले बढेको छ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी २ रुपैयाँ ६२ पैसा बढेर २१ रुपैयाँ ९८ पैसा कायम भएको छ। यस्तै, मूल्य आम्दानी अनुपात ३९.७६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ५० पैसा छ।

६१ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी भएको लघुवित्तको जगेडा कोषमा ५० करोड ४३ लाख रुपैयाँ छ। असोज मसान्तसम्म लघुवित्तले ७ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। लघुवित्तको वितरणयोग्य मुनाफा भने ६७ लाख रुपैयाँ ऋणात्मक देखिएको छ । 

लघुवित्तले बजारमा लगानी योग्य रकम अभाव तथा कर्जा सापटीको ब्याजदर र सञ्चालन खर्चमा भएको वृद्धिले कर्जा प्रवाह र ब्याज आम्दानीमा कमी आएको जनाएको छ । यहीकारण गत आर्थिक वर्षको सोही अवधिको तुलनामा अहिले वितरणयोग्य मुनाफामा ह्रास आएको लघु्वित्तले जनाएको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस