तीन महिनामा ओटीसी मार्केटमा एक अर्ब ७१ करोडको सेयर कारोबार


बैंक खबर । चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा नेप्सेमा सूचीकरण हुन नसकेका, सूचीकरणबाट हटाइएका र कारोबारका लागि योग्य नभएका कम्पनीको सेयर कारोबार एक अर्ब ७१ करोड रुपैयाँबराबरको भएको छ । नपाल स्टक एक्सचेन्जले सावजनिक गरेको तथ्यांक अनुसार पहिला त्रैमासमा ‘ओभर द काउन्टर (आटीसी) मार्केट’मा २३ कम्पनीको एक अब ७१ करोड छ लाख ६८ हजार सात सय ४० रुपैयाँबराबरको एक कराड ३६ लाख ७२ हजार एक सय २० कित्ता सेयर किनबेच भएकोे छ । 

ओटीसी मार्केटमा कारोबार भएका कम्पनीहरूमध्ये सबैभन्दा महँगो सेयर वल्र्ड लिंक कम्युनिकेसनको देखिएको छ । यस कम्पनीको सेयर कारोबार प्रतिकित्ता नौ हजार तीन सय ७५ रुपैयाँको दरले भएको छ । वल्र्ड लिंकको कुल १३ हजार तीन सय ९२ कित्ता सेयर कारोबार भएको छ । 

आईएमई डिजिटल सोलुसन्स लिमिटेडको सेयर कारोबार सबैभन्दा धेरै ४० करोड आठ लाख ९८ हजार चार सय रुपैयाँबराबरको भएको छ । यो कम्पनीको २९ लाख ४० हजार कित्ता सेयर प्रतिकित्ता एक सय ३६ रुपैयाँ ३६ पैसाका दरले कारोबार भएको हो । 

All financial information at your fingertips.

शेयर गर्नुहोस