सिद्धार्थ बैंकले डाक्यो साधारणसभा, लाभांश पारित गर्ने


बैंक खबर । सिद्धार्थ बैंक लिमिटेडले मंसिर ५ गते बाईसौँ वार्षिक साधारणसभा डाकेको छ । बैंकको सञ्चालक समितिले शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न साधारणसभा डाकेको हो। साधारणसभा काठमाडौंको बालुवाटारस्थित आम्रपाली बैङक्वेटमा बिहान १० बजेदेखि सुरु हुनेछ । 

साधारणसभाले हाल कायम चुक्ता पूँजीको ४.२१ प्रतिशतका दरले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १ सय ६६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने  प्रस्ताव पारित गर्नेछ । यो नगद लाभांशमा कर समेत समावेस गरिएको छ । साधारणसभाले लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारणसभाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्वायर गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्दैछ । 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक २१ गते एक दिन बुकक्लोज गर्ने भएको छ। कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले बैंकको साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

All financial information at your fingertips.

शेयर गर्नुहोस