कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने अवधि थप


बैंक खबर ।  कात्तिक २ गतेदेखि निष्काशन भएको कुमारी बैंकको ऋणपत्रमा कात्तिक १६ गतेसम्म आवेदन दिन सकिने भएको छ । बैंकले ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको थियो। यो ऋणपत्रमा निष्कासन बन्द छिटोमा आज कात्तिक १२ गते हुने भनिएको थियो। तर, माग भएबमोजिम आवेदन नपरेपछि बैंकले आवेदन दिने म्याद थप गरेको हो । 

बैंकको वार्षिक १० प्रतिशत ब्याजदरको १० वर्ष अवधिको ऋणपत्र निष्काशन गरेको थियो । ऋणपत्रको नाम ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ छ । 

बैंकले एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ६० प्रतिशत ९३ अर्ब रुपैयाँ० बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट र ४० प्रतिशत ९२ अर्ब रुपैयाँ० बराबरको २० लाख कित्ता सर्वसाधारणमा बिक्री गरिने जनाएको छ । सर्वसाधारणलाई छुट्याएकोमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुमा बाँडफाँट गर्नेछ । 

लगानीकर्ताले ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्ता देखि अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था  र सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो शेयर अनलाइनबाट आवेदन दिन सक्नेछन् । 

ऋणपत्रलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्लस’ प्रदान गरेको छ। जसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ। बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड हो । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस