एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको निधन


बैंक खबर । एभरेष्ट बैंक लिमिटेडका संस्थापक एवं सञ्चालक समितिका अध्यक्ष विष्णुकृष्ण श्रेष्ठको ९४ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको क्रममा २०८० कात्तिक ६ गते  निधन भएको हो । 

श्रेष्ठको निधन सोमबार महानवमीका दिन भएको हो । उनको अन्त्येष्टि मंगलबार दशमीमा दिन गरिएको पारिवारिक स्रोतले जनाएको छ।

नेपालमा एभरेष्ट बैंकको स्थापना गरेका श्रेष्ठ २६ वर्षदेखि बैंकका अध्यक्ष थिए । उनको पहलमा भारतको पंजाब नेसनल बैंकले नेपालको एभरेष्ट बैंकसँग सहकार्य गरेको थियो। पंजाब नेसनल बैंकको एभरेष्ट बैंकमा २० प्रतिशत सेयर होल्डिङ छ।

बिके श्रेष्ठसहित उनको परिवारको बैंकमा सबैभन्दा बढी सेयर छ। उनले भारतमा पनि बैंक तथा वित्तीय संस्थामा लगानी गरेका छन् । 

All financial information at your fingertips.

शेयर गर्नुहोस