माथिल्लो मैलुङखोला जलविद्युतको आईपीओ बाँडफाँट


बैंक खबर ।  माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । आज (कात्तिक ३ गते शुक्रबार) कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो । 
कम्पनीले असोज १८ गतेदेखि २२ गतेसम्म१२ लाख ८४ हजार दुुई सय कित्ता शेयर निष्काशन गरेको थियो । 
आईपीओमा ११ लाख ९० हजार दुुई सय ९६ लगानीकर्ताले आवेदन दिएका थिए । जसमध्ये ११ लाख ८५ हजार छ सय ४२ आवेदन स्वीकृत भएको थियो । 
धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट एक लाख २८ हजार चार सय २० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । 

All financial information at your fingertips.

शेयर गर्नुहोस