अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर, केहीले बढाए 


बैंक खबर । अधिकांश वाणिज्य बैंकले कात्तिक महिनाका लागि ब्याजदर घटाएका छन् । मंगलबार बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसमा धेरैजसो वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । केहीले स्थिर राखेका छन भने दुुई बैंकले बढाएका छन् । 

 

प्रकाशित विवरणहरु अनुसार १० वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, ग्लोबल आईएमई बैंक, नेपाल एसबीआई बैंक, प्राइम बैंक, कृषि विकास बैंक, एभरेस्ट बैंक, नेपाल बैंक र प्रभु बैंकले ब्याजदर घटाएका छन् । 
 
एनएमबि बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ब्याजदर बढाएका छन् । लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक र राष्ट्रिय वाणिज्य बैंकले असोज महिनाको ब्याजदरलाई नै कायम राखेका छन् । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस