मंगलबार साधारणसभा गर्दै एभरेष्ट बैंक


काठमाडौं । एभरेष्ट बैंकले असोज ३० गते मंगलवार २९ औँ वार्षिक साधारणसभा गर्दैछ । साधारणसभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको २०.५३ प्रतिशत लाभांश पारित गर्नेछ । बैंकको साधारणसभा काठमाडौंको लैनचौरस्थित लैनचौर व्यांक्वेटमा विहान ११ बजे सुरु हुनेछ ।

बैंकको सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

साधारणसभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गर्नेछ । यस्तै, लेखापरिक्षक नियुक्ती र पारिश्रमिक निर्धारणको विषय पनि टङ्ग्याउनेछ । 

साधारणसभाले बोनस शेयर वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नेछ । बैंकको हालको चुक्तापूँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार रूपैयाँ छ । 

साधारणसभा प्रयोजनका लागि बैंकले असोज १६ गते एक दिन बुक क्लोज गरेको थियो । असोज १५ गतेसम्म कायम शेयरधनीहरूले साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

बैंकले दशैंँ अघि नै लाभांश वितरण गर्नेगरी तयारी गरिरहेको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस