मारुती सिमेन्टले प्रिमियममा आईपीओ निष्काशन गर्ने


बैंक खबर । मारुती सिमेन्टले प्रिमियममा आईपीओ निष्कासन गर्ने भएको छ । त्यससम्बन्धी निर्णय गर्नका लागि कम्पनीले सो विशेष प्रस्ताव सहितको साधारणसभा डाकेको छ ।

राठी र गोयल ग्रुुपको संयुक्त लागनी रहेको यो कम्पनीका अध्यक्ष नन्दकिशोर राठी हुन् । कम्पनीले मारुती ब्रान्डको ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । आईपीओ बिक्रीपछि पीपीसी सिमेन्ट पनि उत्पादन गर्ने योजना बनाएको छ । 

कम्पनीले देशभर करिब दुुई सय डिलरमार्फत सिमेन्ट बिक्री वितरण गर्दै आएको छ । 

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गरेपछि तीन लाख कित्ता अग्राधिकर शेयरलाई साधारण शेयरमा परिणर्त गर्ने प्रस्ताव साधारणसभाबाट पारित गर्नेछ । त्यसपछि हकप्रद जारी गर्नेर लगत्तै प्रिमियममा आईपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।
 

All financial information at your fingertips

शेयर गर्नुहोस