दशैँका लागि आजदेखि नयाँ नोट सटही सुरु


बैंक खबर । नेपाल राष्ट्र बैंकले आज असोज २९ गतेदेखि नयाँ नोट सटहीको सुविधा दिएको छ । केन्द्रीय बैंकले चाडपर्वलाई लक्षित गरि विगतमा झैँ यस वर्ष पनि नयाँ नोट सटहीको व्यवस्था मिलाएको जनाएको छ । 

राष्ट्र बैंकले काठमाडौं उपत्यकाभित्रको हकमा नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग र  वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटही सुविधा उपलब्ध हुने जनाएको छ । काठमाडौं उपत्यकाबाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको कार्यालयमा गई नोट साटन सकिने छ । 

राष्ट्र बैंकले एक जनालाइ ५, १०, २०, ५० र १०० रुपैयाँ दरका एक/एक बन्डल नोट सटही गन सकिने जनाएको छ । एक जनाले बढीमा १८ हजार ५ सय रुपैयाँको नोट सटही गर्न पाउने छन् ।

All financial information at your fingertips.

शेयर गर्नुहोस