युनिलिभरले प्रतिकित्ता एक हजार पाँच सय ८० रुपैयाँ नगद लाभांश वितरण गर्ने


बैंक खबर । युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई प्रतिकित्ता १५८० रुपैयाँका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज २६ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

युनिलिभरले वितरण गर्न लागेको यो लाभांश हालसम्मकै सबैभन्दा बढी हो । कम्पनीले ३० वर्षसम्म सफलतापुर्वक व्यवसाय गरेको खुशियालीमा सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको बताएको छ । 

कम्पनीले लाभांश वितरण प्रयोजनका लागि मंसिर १२ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ । तसर्थ, मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस