एनआईसी एशिया बैंकको वार्षिक साधारणसभाबाट ३०.५२६३ प्रतिशत लाभांश पारित


बैंक खबर । एनआईसी एशिया बैंकको २६ औँ वार्षिक साधारणसभा आज असोज २८ गते आइतबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । साधारणसभाले गत आर्थिक वर्ष २०७९/८० को नाफा तथा सञ्चित नाफाबाट चुक्ता पुँजीको २९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभाले कुल ३०.५२६३ प्रतिशत लाभांश पारित गरेको हो । 

साधारणसभाले २९ प्रतिशत बोनश शेयर पारित गरेपछि बैंकको कुल चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९ सय २२ रुपैयाँ पुगेको छ । 

साधारणसभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

एनआईसी एशिया बैंक सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६३१ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई बैंकिङ सेवा दिइरहेको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस