सिटिजन्स बैंकको साधारणसभा सम्पन्न, ५.७९ प्रतिशत लाभांश पारित


बैंक खबर । सिटिजन्स बैंक इन्टरनेसनलको १७औँ वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । काठमाडौंको कालिकास्थानस्थित अमृतभोग पाटीप्यालेसमा बैंकको साधारणसभा सम्पन्न भएको हो । 

साधारणसभाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ५ दशमलव ७९ प्रतिशत नगद लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ । 

साधारणसभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सानको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरू पारित गरेको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस